बिहिबार, बैशाख ३, २०८३

आफै पालेको गोरुले हान्दा भुखाली डंगौराको ज्यान गयो

धनगढी : कैलालीमा आफै पालेको गोरुले हान्दा एक बृद्धको ज्यान गएको छ ।

जिल्लाको कैलारी गाउँपालिका ३ भररीका ७८ वर्षीय भुखाली डगौरा थारूको ज्यान गएको हो ।

गएको बुधबार साँझ खेतमा चर्नको लागि छोडिएको गोरुलाई लिन जाँदा गोरुले हान्दा उनी शक्त घाइते बनेका थिए ।

उनको टाउको र छातीमा चोट लागेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीके प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार थारुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा ज्यान गएको हो ।

यो पनि पढौँ