बिहिबार, बैशाख ३, २०८३

कैलाली कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्दै आएकी सुशिला खड्कासहित दुई जना पक्राउ

धनगढी : एक वर्षदेखि कैलाली र कञ्चनपुर जिल्लास्थित किसानहरुलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छिन् ।

खड्का सँगै पावर टिलर बाँड्ने भन्दै किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले उनीहरुलाई शनिबार काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याएको अक्षरल्याबलाई बताए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।

सुशिला खड्काले विभिन्न व्यक्ति, समूह, सहकारीलाई परिचालन गरी प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गर्दैआएका छिन् । उनको समूहले हालसम्म हजारौं किसानबाट रकम संकलन गरिए पनि हालसम्म पावरटिलर नदिएकाे हाे ।

यो पनि पढौँ