काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य बुधबार घटेर एक लाख ९० हजार ४०० मा कायम भएको हो ।
त्यस्तै, चाँदी प्रतितोला पाँचले घटेर एक हजार ९६५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
