धनगढी : धनगढी उप–महानगरपालिका र गो ड्रिमर्सको सहकार्यमा सञ्चालन भइरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तर्गत जारी ‘ग्रासरुट क्रिकेट फ्रेन्डसिप सिरिज’को बिहीबार सम्पन्न दोस्रो पुरुष खेलमा चन्द्रोदय माध्यमिक विद्यालय फूलवारीले रोमाञ्चक जित दर्ता गरेको छ ।
सिद्धनाथ मा.वि. जुगेडाको खेल मैदानमा सम्पन्न खेलमा चन्द्रोदयले जुगेडालाई १ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिले बलिङ रोजेको चन्द्रोदयलाई जुगेडाले ७९ रनको लक्ष्य दिएको थियो । चन्द्रोदयले अन्तिम २ बल बाँकी छँदै लक्ष्य पूरा गर्दै रोमाञ्चक जित हात पा¥यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चन्द्रोदयका क्षितिज थापा १८ बलमा २७ रन बनाउँदै प्लेयर अफ द म्याच घोषित भए।
खेलपछि चन्द्रोदय मा.वि. फूलबारीका प्रशिक्षक देव नारायण झाले भने, “यो सिरिज केवल खेल मात्र होइन, मैत्री, सिप र आत्मविश्वासको यात्रासमेत हो। आउनु होस् क्रिकेट खेल्न इच्छुक तपाईका नानी बाबुहरूलाई जुगेडा र फूलबारी सेन्टरमा पठाउनुहोस् यहाँ निःशुल्क क्रिकेट प्रशिक्षण हुन्छ ।”
