मङ्लबार, जेष्ठ १२, २०८३

लेहंगामा खुलेकी पम्फा ! फोटोमा हेर्नुस्

बैजपुर/कैलाली : पछिल्लो युवापिढीमा थारु लेहंगाको क्रेज उच्च छ । सांस्कृतिक कार्यक्रम मात्रै होइन । प्रायः मेला, महोत्सव होस या कुनै पनि औपचारिक कार्यक्रम थारु युवतीदेखि गैरथारु युवतीले औधी रुचाउने पोषाकमा लेंहगा पर्दछ ।

पश्चिम नेपालको थारु बस्तीमा आयोजना हुने राजनीतिक कार्यक्रममा राजनीतिकर्मी महिला नेताहरु पनि लेंहगामा सजिएको देखिन्छन् ।

मंगलबार नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषाल पनि लेंहगामा निकै खुलेकी थिइन् । तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा सो पार्टीले कैलालीको कैलारी गाउँपालिका ५ बैजपुरमा आयोजित खबरदारी जनसभामा उनी लेहंगामा सजिएर कार्यक्रम स्थल पुगेकी थिइन् ।

जनयुद्धकालमा आफू कैलालीको थारु बस्तीमा धेरै समय बिताएको सुनाउने उनी थारु रहनसहन, संस्कृति, चालचलनबारे जानकार रहेको बताउँछिन् । देशको आमूल परिवर्तनमा थारु समुदायको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनले राज्य र पार्टीले थारु समुदायको बारेमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गरिन् ।

स्थानीय शहीद परिवारको घरमा खाना खाएकी उनी शहीद परिवारकै आग्रहमा त्यहाँबाटै लेंहगामा सजिएर कार्यक्रम स्थल पुगेकी थिइन् । र सम्बोधन समेत गरेकी थिइन् ।

केही समय अगाडि नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवा पनि थारु लेहंगामा निकै खुलेकी थिइन् । कैलारी गाउँपालिकामै नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा उनी लेंहगामा प्रस्तुत भएकी थिइन् ।

यो पनि पढौँ