शनिबार, बैशाख १९, २०८३

अत्तरियामा इएमसी फुटबल कप सुरु

अत्तरिया : कैलालीको अत्तरियामा इएमसी फुटबल कप सुरु भएको छ ।

त्रिनयन नेपाल र एभरेष्ट मल्टिपल कलेजको सहकार्यमा सुदूरपश्चिम युवा चेम्बर अफ कमर्स र माउन्ट एभरेष्ट क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

बुधबार एक औपचारीक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिएको छ । सुदूरपश्चिम युवा चेम्बर अफ कमर्सका अध्यक्ष जय धामीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– ३ का वडाध्यक्ष तेजराज अवस्थी रहेका थिए ।

कार्यक्रममा पद्मा अस्पतालका प्रबन्धक डा. नर बहादुर मौनी, चेम्बर अफ कमर्सका सुदूरपश्चितम प्रदेश अध्यक्ष विनोद मल्ललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा एभरेष्ट मल्टिपल कलेजका प्राचार्य बंशिराम चौधरी (स्माईल) ले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगितामा २३ वटा स्कुलका टिमहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा पद्मा अस्पताल, किड्स जोन एकेडेमी, अत्तरिया टेक्निकल कलेज, जेजे ट्रेड, होटल स्वागत इन, क्वालिटी एजुकेशन एकेडेमी लगायतका विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन ।

प्रतियोगिताको बिजेता टोलीले नगद २५ हजार २५ तथा उपविजेता टोलीले नगद रु. १५ हजार १५ रुपैया प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा होलिल्याण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ । अत्तरियाको प्रज्ञान पाठशालालाई ३–० को गोलअन्तरले पराजित गर्दै होलिल्याण्डले विजयी सुरुवात गरेको हो ।

यो पनि पढौँ