शनिबार, बैशाख ५, २०८३

कैलारी गाउँपालिकाले गर्‍योे नियम विपरित ४७ जना जनप्रतिनिधिको जीवन बीमा

धनगढी :

कैलालीको कैलारी गाउँपालिकाले नियम विपरित पालिका अध्यक्ष, उपाध्यक्षसहित ४७ जना जनप्रतिनिधिहरुको जीवन बीमा गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आव २०८०÷०८१ को प्रतिवेदन अनुसार कैलारी गाउँपालिकाले नियम विपरित जीवन वीमा गरेर रकम खर्च गरेको भेटिएको हो । जसबाफत पालिकाले नियम विपरित ३ लाख ८५ हजार ९६६ रुपैयाँ खर्च गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘सुदूरपश्चिम प्रदेशको लागि स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको दफा ३ को उपदफा (१) सँग सम्बन्धित अनुसूची १ (क) बमोजिम पदाधिकारी तथा सदस्यहरुलाई सुविधा उपलब्ध गराउने व्यवस्था छ । जसमा सामूहिक जीवन बीमा बाफत कुनै व्यवस्था गरिएको छैन । साथै पालिकाले पनि सामूहिक म्यादी जीवन बीमा सम्बन्धमा कुनै कार्यविधि बनाएको देखिदैन ।’

यो पनि पढौँ