शनिबार, जेष्ठ १६, २०८३

लेखक इन्द्र चौधरीको ७ औं कृति ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ बजारमा

धनगढी : लेखक इन्द्र चौधरीको ७ औं कृतिको रुपमा ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ बजारमा आएको छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आइतबार धनगढीमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच सो पुस्तक विमोचन गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीलगायतबाट संयुक्त रुपमा विमोचन गरिएको हो ।

शिक्षण पेशामा रहेका लेखक चौधरीले विमोचन गरिएको पुस्तक सुदूरपश्चिम प्रदेशका थारु संस्कृति र लोककथामा आधारित अनुसन्धानात्मक रहेको बताएका छन् ।

यो पनि पढौँ