बुधबार, बैशाख २, २०८३

कार्यविधि बनाएर कमैया पुनःस्थापना गर्न अगाडि बढेको छु : मुख्यमन्त्री शाह (भिडिओसहित)

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मुक्तकमैया, हलिया, कमलरी पुुनस्र्थापना कार्यविधि बनाएर पुनस्र्थापना गर्न सरकार लागेको बताएका छन् ।

शुक्रबार धनगढीमा २५औँ कमैया मुक्ति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका छन् ।

सोही कार्यविधिको आधारमा पूर्वकमैयाहरुको जीविकोपार्जन र आयआर्जनका लागि कार्य गर्ने पनि उनको भनाइ थियो । यसैबीच मुख्यमन्त्री शाहले मुक्तकमैया बस्तीमा खानेपानीको समस्या रहेको भनी आफू कहाँआएको गुनासोले दुखी भएको बताउँदै प्रदेश सरकार निःशुल्क खानेपानी व्यवस्था गर्ने समेत घोषणा गरेका छन् ।

पश्चिम तराइका कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा एकताका जमिनदारहरुका घरमा बाँधुवा मजदुरको रुपमा कमैया बस्ने गरिन्थ्यो । राज्यले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गर्‍यो । ३२ हजार बढीं कमैयाहरु मुक्त भए । त्यसयता कमैया दिवस मनाइदै आइएको छ ।

यो पनि पढौँ