धनगढी/थारू लेखक संघ नेपालले नयाँ नेतृत्व पाएको छ ।
हालै सम्पन्न संघको चौथौं अधिवेसनबाट अध्यक्षमा कविता चौधरी (कैलाली) सर्वसम्मत निर्वाचित भएकी छन् ।
धनगढीमा भएको संघको चौथो अधिवेशनबाट उपाध्यक्षमा सुनिता चौधरी (सानु) (कञ्चनपुर) राजुराज चौधरी (कैलाली), सहसचिवमा बालमोती चौधरी (कैलाली), कोषाध्यक्षमा लक्ष्मी राना (कञ्चनपुर) रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा क्रमशः शेखर दहित (बर्दिया), कृष्ण चौधरी (बर्दिया), मनमति बखरिया (कैलाली) र कालुराम चौधरी (कैलाली) रहेका छन् ।

संघको संरक्षकमा डा. कृष्णराज सर्वहारी र सल्लाहकार संयोजक छविलाल कोपिला सहित सल्लाहकारहरुमा जीत चौधरी (ट्रासन), माधव चौधरी, सोम डेमनडौरा र नरेश चौधरी रहेका छन् ।
थारू लेखक संघ नेपाल थारू भाषा, साहित्य, कला र संस्कृतिको उत्थान, संरक्षण तथा प्रवद्र्धनका लागि क्रियाशील थारू साहित्यकार, लेखक र स्रष्टाहरूको एक साझा र छाता संस्था हो । यस संस्थाले स्थापनाकालदेखि नै देशका विभिन्न जिल्लाहरूमा पुगेर थारू साहित्यको विकासका लागि महत्त्वपूर्ण गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।
