मङ्लबार, जेष्ठ १२, २०८३

गुरही पर्वकाे अवसरमा कैलालीका ७ पालिकामा भाेलि सार्वजनिक बिदा

धनगढी । गुरही पर्वको अवसरमा कैलाली जिल्लास्थित ७ स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।

साउन १३ गते मंगलबार परेको गुरही पर्वको अवसरमा जिल्लाको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, गाैरीगंगा नगरपालिका, भजनी नगरपालिका र घाेडाघाेडी नगरपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालद्वारा हस्ताक्षरित सूचना अनुसार सो दिन उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थाहरु एवं धार्मिक संघ संस्थाहरुमा बिदा रहने भएको छ ।

कैलारी गाउँपालिकाद्वारा जारी सूचना अनुसार गुरही पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको हो । उक्त दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्था बन्द रहने जनाइएको छ ।

गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख गुरही मनाइन्छ । गुरही पर्व पश्चिम नेपालको थारु बस्तीका साथै पछिल्लो समय संघीय राजधानी काठमाडौंमा समेत विभिन्न कार्यक्रमसहित पर्व मनाइने गरिन्छ ।

यो पनि पढौँ