बिहिबार, बैशाख ३, २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नाउपाकै कैलाशले पनि दिए मत

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि उनी विश्वासको मत लिएका हुन् । उनलाई प्रदेश सभाका बहुमत प्रदेश सभा सदस्यले विश्वासको मत जाहेर गरेका हुन् ।

बिहीबार बसेको प्रदेशको सभाको छैठौँ अधिवेशनको २० औँ बैठकमा शाहले विश्वासको मत पाएका हुन् ।

संविधानको धारा १८८ को उपधारा १ र २ व्यवस्था अनुरूप दोस्रो पटक मुख्यमन्त्री भएको ११ महिनापछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन ।

गत असार २० गते नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सुदूरपश्चिममा अहिले रहेको सांसदको सङ्ख्या ५३ मध्ये सरकार गठनका लागि २७ मत आवश्यक पर्छ । शाहले सदनबाट ३० जना सांसदको मत पाए ।

४५ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा नेकपा माओवादीका १०, नेकपा एकीकृत समाजवादी पाटीका तीन, राप्रपाका १ र स्वतन्त्र १ जना गरेर १५ सांसदले शाहको विपक्षमा मत दिए ।

नाउपा रञ्जिता पक्षका कैलाशले दिए विश्वासको मत
यसैबीच सरकारबाट बाहिरिएको नाउपाकै प्रदेश सभा सदस्य कैलाश चौधरीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका छन् ।

उपाका रञ्जिता श्रेष्ठ निकटका कैलाशले विश्वासको मत जाहेर गरेका हुन् । नाउपाका अरु ६ जना सांसद भने बैठकमा अनुपस्थित थिए ।

यो पनि पढौँ