धनगढी : कञ्चनपुर जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज उपाध्यायले सीमा क्षेत्रमा आफ्नो सक्रियता बढाएका छन् ।
गड्डाचौकी इन्चार्ज उपाध्यायको कमाण्डमा ७ जना सशस्त्र प्रहरीको मोबाइल टोलीले सीमा क्षेत्रमा आफ्नो सक्रियता बढाएको हो ।
उपाध्यायले सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको इन्चार्ज सम्हालेको १० दिनको अवधिमा १६ लाख ७६ हजार बराबरको अवैध सामान बरामद गरेको बताएका छन् ।
उनले बरामद भएका सबै सामानहरुको आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको हुन् । उनले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्ती कार्य थप कडा बनाउने बताएका छन् ।
उनीसहितको टोलीले हालै मात्र जिल्लाको भीमदत्त नगरपालिका–४, भाँसी हाईबे र वडा नम्बर १० भन्सार रोड ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याएको बेवारिसे अवस्थामा रहेको ५ लाख ७ हजार ३९० रुपैयाँ बराबरको मोबाइल पाट्र्स र किरानाका सामान बरामद गरेको हो ।
