धनगढी : संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध विभिन्न दलका शिर्ष नेताहरु साउन २४ गते कैलाली आउने भएका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आयोजनामा घोडाघोडी नगरपालिका १ सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा आयोजना हुने वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान कार्यक्रममा आउन लागेका हुन् ।
नाउपाका नेता एवं प्रतिनिधि सभा सदस्य गंगाराम चौधरीका अनुसार कार्यक्रममा नाउपा संरक्षक रेशमलाल चौधरी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनता प्रगतिशील पार्टी अध्यक्ष हृदयेश त्रिपाठी, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, तमलोपा अध्यक्ष वृषेशचन्द्र लाललगायतका नेताहरु सहभागी हुने कार्यक्रम रहेको छ ।
