शनिबार, बैशाख ५, २०८३

दिनेश फाउण्डेसनद्वारा धनगढीमा रक्तदान

धनगढी : दिनेश फाउण्डेसन कैलालीको धनगढीमा शुक्रबार बृहत रक्तदान कार्यक्रम गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत दिनेश फाउण्डेसनले रक्त सञ्चार धनगढीको सहकार्यमा १३ औं रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा ३१ जना रक्तदान गरेको दिनेश ग्रुपका प्रबन्धक दिपेन्द्र ओझाले बताए ।

रक्तदान कार्यक्रममा फाउन्डेसनसँग आबद्ध पदाधिकारी, दिनेश ग्रुपका कर्मचारीलगायत सर्बसाधारणले समेत रक्तदान गरेको थिए । कार्यक्रममा सुदुूरपाश्चिम प्रदेशका सर्वाधिक सतक रक्तदाता एवं रक्तदान सदभावना दुत दीपक उपाध्यायको समेत उपस्थिति रहेको थियो ।

यो पनि पढौँ