धनगढी : कैलाली उद्योग वाणिज्य संघको ५१ औं चुनावी साधारण सभा आगामी भदौ २८ गते हुने भएको छ ।
संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी भदौ २८ गते गर्ने मिति तय गरेको हो ।
यसैबीच संघको निर्वाचनका लागि सदस्यता नवीकरण भदौ १३ गतेभित्र गर्ने निर्णय गरिएको छ । निर्वाचनका लागि कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको संघका प्रेस सल्लाहकार हिमाल जोशीले जानकारी दिए ।
अध्यक्ष कुवँर नेतृत्व समितिको तीन वर्षीय कार्यकाल सकिएपछि साधारण सभामा जाने भएको हो । यसैबीच २०२७ सालमा स्थापना भएकाे कैलाली उद्योग वाणिज्य संघको आगामी नेतृत्वको लागि सरगर्मी समेत सुरु भएको छ ।
