धनगढी : कैलाली कारागारको सुरक्षा व्यवस्थापनमा सफल भएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको सरुवा भएको छ ।
उनी गृह मन्त्रालय तानिएका छन । कैलाली कारागारमा भएको यही साउन २३ गते शुक्रबार राति एक जनाको मृत्यु हुनेगरी भएको झडपको घटनामा सीडीओ हमाललाई गृह मन्त्रालय तानिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार, उनलाई गृह तानिएको हो । त्यस्तै कैलालीमा भने दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाइएको छ ।
कैलाली कारागारमा कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना कैदीबन्दी घाइते भएका थिए । कैदीबन्दी आक्रामक बन्दा दुई दिनसम्म अवस्था तनावपूर्ण बनेको थियो ।
