टीकापुर : कैलालीको टीकापुरमा १० औं टीकापुर विद्रोह दिवश कार्यक्रम सुरु भएको छ ।
आजकै दिन अर्थात २०७२ भदौ ७ गते थरुहट÷थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो ।
सोही घटनालाई स्मरण गर्दै विद्रोह दिवस मनाइँदै आएको हो । थारु कल्याणकारिणी सभा कैलाली र थरुहट÷थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा शनिबार टीकापुरमा १० र्औ विद्रोह दिवश कार्यक्रम भइरहेको हो ।
थाकस कैलालीका सभापति वीरबहादुर थारुको अध्यक्षतामा भएको कार्यक्रमका प्रम्ख अतिति पूर्वमन्त्री एव. थरुहट नेता रामजनम चौधरी रहेका छन् । कार्यक्रममा दाङदेखि पश्चिम कञ्चनपुरसम्मका थारु अगुवा तथा नेताहरुको सहभागिता रहेको छ । कार्यक्रम अन्तरक्रियात्मक गर्ने आयोजकले जनाएको छ ।


