धनगढी : धनगढीबाट पोखराको लागि छुटेको ग.२ ख. १९०७ नम्बरको बस धनगढीको बोराडाँडीमा दुर्घटना भएको छ । स्कुटीलाई जोगाउने क्रममा शनिबार सो बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार बसमा १९ जना सवार रहेका थ्एि । घाइतेहरुको अवस्था अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक सिंहको भनाइ छ ।
