धनगढी : गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताहरुको विद्रोहपछि थारु अधिकारका सवाल र मुद्दाहरु ओझेलमा परेका छन् ।
थारु समुदायमा देखिएको शुन्यता र अन्यौलतालाई चिर्न प्रगतिशिल अभियान सञ्चालन गरिने भएको छ ।
देशको परिवर्तित अवस्थामा समग्र थारु समुदायको आवाज, थरुहट/थारुवानको मुद्दा उठान तथा बहस गर्न र निश्पक्ष, स्वतन्त्र प्रगतिशील अभियान सञ्चालन गर्न युवा अभियान्ता इन्दु थारुको संयोजकत्वमा थारु नागरिक अभियान गठन गरिएको छ ।
काठमाडौमा बसेको सरोकारवालाहरुको प्रारम्भिक भेलाबाट थारुको संयोजकत्व अभियान थाल्ने भएको हो ।
थारु नागरिक अभियान अन्तर्गत रहने गरी जेन्जी संयोजकको जिम्मेवारी अधिवक्ता समेत रहेका अभियान्ता अर्नव चौधरीलाई सर्बसम्मत गरिएको छ ।
थारु नागरिक अभियानको पहलमा काठमाडौ उपत्यकाभित्रका सम्पूर्ण थारु अधिकारवादी संघ संस्था, थारु अगुवालगायत सरोकारवालाहरुसँग बृहत अन्तरक्रिया गर्ने र देशैभरि अभियानलाई सञ्चालन गरिने थारु कल्याणकारिणी सभा कैलालीका पूर्व कार्यवाहक सभापति माधव थारुले बताए ।

