हसुलिया : कैलालीको कैलारी गाउँपालिकालाई एक जना मेडिकल अधिकृत र एक जना जनस्वास्थ्य अधिकृतको आवश्यकता परेको छ ।
गाउँपालिकाले सेवा करारमा राख्ने गरी दुई जना कर्मचारी पदपूर्ति गर्न लागेको हो । पालिकाको स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीका अनुसार पालिकास्थित उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र पृथ्वीपुरमा कार्यक्षेत्र रहने गरी मेडिकल अधिकृत र गाउँपालिकाको कार्यालय कार्यक्षेत्र रहने गरी जनस्वास्थ्य अधिकृतको पदपूर्ति गर्न लागेको हो ।

