धनगढी । सुदूरपश्चिम महोत्सवको १९ औं संकरण भोलि सोमबारदेखि सुरु हुँदैछ ।
सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग–व्यापार, कला, संस्कृति तथा समग्र विकासका सम्भावनालाई उजागर गर्दै आयोजना हुँदै आएको सुरु हुने भएको हो ।् महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने भएको छ ।
महोत्सवबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सवले आर्थिक, सामाजिक प्रतिकुलता र विषम परिस्थितिबाट प्रभावित उद्योग व्यवसायलाई पुनःस्थापित गर्ने विश्वास व्यक्त गरे ।

महोत्सवमा करिब ३ करोड रुपैयाँको लगानी गरिएको छ । जसमा १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको छ । यस वर्षको महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधि क्षेत्रका गरी ५०० भन्दा बढी स्टल रहने भएछन् । जसको तयारी पुरा भएको जनाइएको छ ।
महोत्सवको उद्घाटन अर्थमन्त्री खनालबाट हुने भएको छ । यसैबीच महोत्सवको उद्घाटन सत्रलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवीलगायतको उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।
