धनगढी : स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै धनगढीका नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर मोहन साउँद सम्मानित भएका छन् ।
सोमबार सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहका बीच डाक्टर साउँदलाई समानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालमार्फत उनलाई सम्मानित गरिएको थियो । डाक्टर साउँद धनगढीस्थित माया मेट्रो अस्पतालका मेडिकल डाइरेक्टर हुन् ।
महोत्सव उद्घाटन समारोहमा डाक्टर साउँदसहित १५ जनालाई सम्मानित गरिएको थियो । भाषा साहित्य विधातर्फ डाक्टर टिएन जोशी, स्वास्थ्यतर्फ डाक्टर मोहन साउँद र प्रदीप मिश्रलाई सम्मानित गरिएको थियो । भने, स्वास्थ्य तथा समाजसेवातर्फ तिर्थराज पन्त, कृषितर्फ रविनकान्त पन्त, शिक्षातर्फ प्रा.ंडा. तुलरीराम जोशीलाई सम्मानित गरिएको थियो ।

उद्योग व्यापारतर्फ हेमराज पाठक, समाजसेवातर्फ सिबि चन्द, पर्यटनतर्फ कलम बम, महिला उद्यमीतर्फ राजकुमारी चौधरी, लोक संस्कृतितर्फ चक्र बम, सञ्चारतर्फ त्रित्रांग थापा, खेलकुदतर्फ शेरबहादुर सिंह, दीपेन्द्र सिंह ऐरी, र युवा उद्यमीतर्फ सुरज रैकालाई सम्मानित गरिएको थियो ।



