धनगढी : अधिवक्ता जोहारीलाल चौधरीको ५५ वर्षको अल्पआयुमै असमायिक निधन भएको छ ।
लामो समयदेखि मृर्गौला र सुगरको समस्याले ग्रसित अधिवक्ता चौधरीको पुस ५ गते साँझ निधन भएको हो ।
उहाँको निधनसँगै थारु समुदायले एक विद्वान अधिवक्ता, कानूनविद्, मानवअधिकारकर्मी, बौद्धिक व्यक्तित्व, विश्लेषक, समाजसेवी एवं बुद्धिजीवी गुमाएको छ ।
स्वर्गीय चौधरी नेपाल बार एसोशिएसनका पूर्व केन्द्रिय उपाध्यक्ष, थारु कल्याणकारिणी सभा कैलालीलगायत विभिन्न विभिन्न संघ, संस्थाका कानूनी सल्लाहकार रहेका थिए ।
प्रखर वक्ता समेत रहेका चौधरीलाई समग्र थारु समुदायको कानुनी सल्लाहकारको रुपमा समेत लिइन्थ्यो । उनीको दिवंगत आत्मप्रति हार्दिक श्रद्धाञ्जति । परिवारजनमा हार्दिक समवेदना ।
