शनिबार, जेष्ठ १६, २०८३

जानकी गाउँपालिकामा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

धनगढी : कैलालीको जानकी गाउँपालिकामा अब विवाह गर्नु पूर्व वडा कार्यालयको अनिवार्य सिफारिस लिनुपर्ने भएको छ ।

गाउँपालिकाको ७ नं. वडा कार्यालयले विवाह गर्नु पूर्व अनिवार्य रुपमा वडाको सिफारिस लिनुपर्ने सूचना जारी गरेको छ ।

वडामा बालविवाह रोक्न सो वडा कार्यालयले २० वर्षमुनिको विवाहलाई कानुन सम्मत नरहेको स्पष्ट पार्दै त्यस्तो विवाह दर्ता नहुने जनाएको छ ।

२० वर्ष मुनिका किशोर किशोरीले विवाह गरे गराएमा, भागे भगाएमा दुबै पक्ष कानुन बमोजिम दण्डनीय हुने जनाएको छ ।

वडा कार्यालयले जारी गरेको सावधानी अपिल अनुसार सो वडामा हुने विवाह तथा पर्छौटी कार्यक्रमहरु गर्नु पूर्व अनिवार्य सिफारिस लिन अनुरोध गरिएको हो । सिफारिस लिन जाँदा दुल्हा दुलहीका बुवा आमाको नागरिकताको प्रतिलिपी र दुल्हा दुलहीको नागरिकता र जन्म दर्ताको प्रतिलिपी समेत पेश गर्न भनिएको छ ।

यो पनि पढौँ