बिहिबार, बैशाख ३, २०८३

रास्वपा र नाउपाका पूर्व नेता तथा थरुहट अभियान्ताबीच आज समायोजन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरुबीच आज बृहत राजनीतिक समायोजन हुने भएको छ ।

काठमाडौंमा आज हुने एक कार्यक्रममार्फत बृहत राजनीतिक समायोजन हुन लागेको हो । सो कार्यक्रममार्फत थारु नेता लक्ष्मण थारु, सुरेन्द्र चौधरी, दामोदर पण्डितलगायत नेताहरु रास्वपमा प्रवेश गर्दैछन् ।

थरुहट नेता लक्ष्मण थारुले समायोजन घोषणा कार्यक्रममार्फत आफूसहित पाँच सय बढी नेता, कार्यकर्ताहरु रास्वपामा केन्द्रित हुने बताए ।

त्यसको लागि आठ बुँदे प्रारम्भिक सहमति पत्र तयार गरिएको छ । सहमतिपछि रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ’घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाइने बताइएको छ ।

यो पनि पढौँ