हसुलिया : कैलालीको कैलारी गाउँपालिकास्थित एक निजी विद्यालयमा आगलागी भएको छ ।
कैलारी गाउँपालिका ८ पृथ्वीपुरस्थित नवज्योति विद्या मन्दिरमा गए राति आगलागी भएको हो ।
विद्यालयका शिक्षक रोशन महतोका अनुसार अचानक विद्युत शर्ट भएर आगलागी भएको खुल्न आएको छ ।
आगलागी हुँदा विद्यालयको खरले छाएको कार्यालय घरसहित तीन घरमा क्षति पुगेकाे छ । आगलागी हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।


