धनगढी : फागुन २१ हुने निर्वाचन नजिकीदै गर्दा उम्मेदवारहरु जनताको घरदैलोमा व्यस्त छन् । उनीहरु जनताका सहानुभूतिसहित मत बटुल्न हरसम्भवको पयत्नमा सक्रिय देखिएका छन् ।
यसैबीच कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढीका रानाथारुसँग मतेरी साइनो गाँसेका छन् ।
धनगढी उपमहानगरपालिका–११ घोडुसुवा निवासी राजेन्द्र रानासँग शनिबार पारिवारिक मित्रताको सम्बन्ध स्थापना गरेका छन् । उनी राजनीतिक भेटघाटसँगै सामाजिक तथा पारिवारिक सम्बन्ध विस्तारमा समेत सक्रिय देखिएका हुन् ।
दुबै पक्षबीच आपसी सहमतिमा मित्रता स्वरूप मितेरी गास्दै पारिवारिक नाता कायम गरिएको आले निकट स्रोत बताउँछ ।
स्थानीय स्तरमा आयोजित एक कार्यक्रममा दुबै पक्षले मितेरी गासेर आपसी विश्वास, सद्भाव र सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नेता आलेले राजनीति केवल भोट माग्ने माध्यम नभई जनतासँग विश्वास, सम्बन्ध र उत्तरदायित्व जोड्ने प्रक्रिया रहेको दाबी गरेका छन् ।
जनताको घरदैलोमा पुगेर उनीहरूका समस्यालाई प्राथमिकताका साथ उठाउने आलेले प्रतिबद्धता समेत जनाएका छन् ।
