शनिबार, बैशाख १९, २०८३

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता, बिजेतालाई १० लाख

धनगढी : कैलालीको धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको हो ।

गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

यस बर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेकोे बताए ।

उनले भने, ‘प्रतियोगिताका खेलहरु खेल्नका लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भइसकेका छन् । मैदानमा दर्शकहरुलाई बस्नका लागि क्रिकेट प्याराफिट पनि जडान गरिसकिएको छ ।’

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलकाम्यानअफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजनाहुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागिता रहने भएको छ ।

यसैबिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले ट्रफी अनावरण गरेका छन् । ट्रफी अनावरण गर्दै मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताले क्रिकेटको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यो पनि पढौँ