मङ्लबार, जेष्ठ १२, २०८३

थारु वस्तीको भुराखेलमा दिइयो लागुऔषध र ट्राफिक सचेतना

धनगढी : कैलालीको एक थारु वस्तीमा भुराखेल कार्यक्रमकै बिच लागुऔषध दुव्र्यसन र ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

कैलालीको कैलारी गाउँपालिका ६ बेनौली गाउँको शनिबार भएको भुरा खेल तथा गाउँ सभामा लागुऔषध दुव्र्यसन र ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।

प्रायः माघ महिनामा मात्रै हुने भुराखेल कार्यक्रममा थारु वस्तीमा नेतृत्व चयन गरिन्छ । वर्षभरिको प्रगति समीक्षा, नयाँ कार्ययोजना निर्माण गरिन्छ । तर त्यो सँगै बेनौलीमा लागुऔषध दुव्र्यसन विरुद्ध र ट्राफिक नियमबारे सचेतना कार्यक्रम गरिएको गाउँका निवर्तमान भलमन्सा रामऔतार चौधरीले बताए । पछिल्लो समयका युवापिढीहरु लागुऔषध दुव्र्यसनमा फस्दै जानुको साथै ट्राफिक नियम उलंघनका घटनाहरु बढ्दै गएपछि सचेतनाको कार्यक्रम गरिएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय हसलियाका प्रमुख तथा प्रहरी सहायक निरीक्षक दिग्गज ठकुराठी र ट्राफिक पोष्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले लागुऔषध दुव्र्यसन र ट्राफिक नियमबारे धारणा राखेका थिए ।

यसैबीच वडाध्यक्ष प्रेमबहादुर चौधरीलगातको सहभागितामा गाउँघरमा चल्ने गोरुगाडा अर्थात डल्लपहरुमा रिफ्लेक्ट स्टिकर समेत टाँसिएको छ ।

भलमन्सामा पहलमान सर्वसम्मत
भुराखेलबाट गाउँको नयाँ भलमन्सामा पहलमान चौधरी सर्वसम्मत चयन भएका थिए । भने चौकीदारको लागि निर्वाचन भएको थियो ।

अत्याधिक मतका साथ गयाप्रसाद चौधरी चौकीदारमा नियुक्त भएका छन् । उनी दुई जना प्रतिश्प्रर्धीलाई हराउँदै निर्वाचित भएका थिए ।

यतिबेला पश्चिम नेपालको थारु वस्तीमा धमाधम नेतृत्व चयन भइरहेका छन् । माघी पर्वलगत्तै गाउँ वस्तीको भुराखेल अर्थात गाउँभेलामार्फत बरघर, भलमन्सा, चौकीदार, चिराकीलगायत नेतृत्व चयन भइरहेका हुन् ।

यो पनि पढौँ