बुधबार, बैशाख ३०, २०८३

सुदूरपश्चिमको बजेट : कमैया–हलिया व्यवस्थापनदेखि थारु समुदायको मरुवा निर्माणमा बजेट (पूर्णपाठसहित)

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट कार्यक्रम सार्वजनिक गरेको छ ।

आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा आइतबार बसेको प्रदेश सभाको बैठकमा वार्षिक बजेट कार्यक्रम प्रस्तुत हुन् । मन्त्री थापा प्रदेश सरकारको कूल ३३ अर्व ४७ करोड ६० लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए ।

कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार बजेट छुट्याएको हो । अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको छ ।
यसैबीच आर्थिक मामिला मन्त्री थापाले वर्षौदेखि पुनस्थापना हुन बाँकी रहेका मुक्तकमैया, हलिया र कमलरीहरुलाई व्यवस्थापनको लागि बजेट विनियोजन गरेको जनाएका छन् । उनले १ सय जना मुक्तकमैया, कमलरी र हलियाहरुको व्यवस्थापनको लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेका हुन् ।

भने ३ हजार १ सय विपन्न, दलित, मुक्तकमैया, हलिया, एकल महिला, अपाङ्ग, लोपोन्मुख समुदायको खाद्य तथा पोषण र आयआर्जनमा सुधार लक्षित कार्यक्रमलाई प्राथमिकता अगाडि बढाइने भएको छ । जसको लागि ६ करोड २० बजेट विनियोजन गरिएको जनाइएको छ ।

त्यस्तै प्रदेश सरकारले थारु समुदायको धार्मिक र सामाजिक आस्थाको केन्द्र मानिने मरुवा निर्माणको कामलाई निरन्तरता दिने जनाएको छ । बजेट प्रस्तुत गर्दै मन्त्री थापाले आगामी आर्थिक वर्षको लागि १ करोड बजेट विनियोजन गरेको बताए । चालू आर्थिक वर्षमा प्रदेश सरकारले २ करोड ३० लाख बजेट विनियोजन गरेको थियो ।

बजेटको पूर्णपाठ

यो पनि पढौँ