धनगढी । मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालित सुदूरपश्चिम महोत्सवमा ३ करोड ७८ लाख ३६ हजार ३६७ रुपैयाँ आम्दानी भएको छ ।
भने २ करोड ६३ लाख १ हजार ७ सय ४० रुपैयाँ खर्च भएको छ । करअघिको नाफा १ करोड १० लाखभन्दा बढी रहेको छ । विभिन्न शिर्षक गरी ६० लाख ५३ हजार सात सय ७१ रुपैयाँ सरकारलाई कर तिरेको कैलाली उद्योग बाणिज्य संघ अध्यक्ष पुष्करराज ओझाले बताए ।
संघीय तथा स्थानीय कर दायित्वअन्तर्गत करिब ५१ लाख रुपैयाँ भुक्तानी गरिएको छ । सबै कर तथा दायित्व भुक्तानीपछि करिब २४ लाख रुपैयाँ खुद बचत रहने उल्लेख गरिएको छ । महोत्सवको सफल आयोजनामा आयोजक समिति, स्वयंसेवक, सुरक्षा निकाय, सञ्चारकर्मी, कलाकार तथा सहभागी सबैप्रति विशेष धन्यवाद व्यक्त गर्दै कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष केशबराज जोशीले महोत्सव केवल व्यापारिक मेला मात्र नभई सुदूरपश्चिमको पहिचान, संस्कृति, सम्भावना र व्यवसाय प्रवद्र्धन गर्ने साझा मञ्चका रूपमा स्थापित भएको छ ।
महोत्सव अवधिभर दुई हजारभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाएको र स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएको जनाइएको छ । यसले प्रदेशको कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको भनाइ छ । आयोजकले ‘सुन्दर सुदूरपश्चिम’ अभियानलाई निरन्तरता दिँदै प्रदेशका आर्थिक, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा र औद्योगिक सम्भावनाको खोजी र विकासकाको सम्भावनाको खोजि गर्न ‘भिजन सुदूरपश्चिम’ बहस मुलक कार्यक्रमको सुरुवाद गरेको समेत अध्यक्ष ओझाले बताएका छन् । उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा महोत्सव सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
