शनिबार, बैशाख ५, २०८३

इलाका प्रशासन कार्यालय स्थापनामा कैलारी गाउँपालिका पछाडि हट्यो

धनगढी : इलाका प्रशासन कार्यालय स्थापना गर्ने योजनाबाट कैलालीको कैलारी गाउँपालिका पछाडि हटेको छ ।

जिल्लाको भजनी नगरष्पालिका, कैलारी गाउँपालिका र जोशीपुर गाउँपालिकालाई कार्यक्षेत्र तोक्दै इलाका प्रशासन कार्यालय स्थापनाको माग गरिएको थियो । भने, जसको केन्द्र भजनीमा तोक्ने भनेर समेत गृह मन्त्रालयलाई पत्रचारसहित माग गरिएको थियो ।

तर कैलारी गाउँपालिकाका स्थानीयले भजनीमा सेवा केन्द्र तोकेको अवस्थामा सेवा प्राप्तिमा असहज हुने भन्दै विरोध सिर्जना गरेपछि कैलारी गाउँपालिका पछाडि हटेको हो ।

कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले मंगलबार भजनी नगरपालिकालाई पत्रचार गर्दै लेखेका छन्, ‘भजनी नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाप्रति कैलारी गाउँपालिका सकारात्मक भए पनि कैलारी गाउँपालिकाका नागरिकहरुलाई सबै किसिमका सेवा सुविधा प्राप्तिका दृष्टिकोणले जिल्ला प्रशासन कार्यालय धनगढी, कैलाली नै उपयुक्त स्थान रहेको छ ।’ जुन पत्रको बोधार्थ गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनगढी खुलाइएको छ ।

भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले नागरिकता बनाउनलगायत कार्यको लागि धनगढी वा टीकापुर जानुपर्ने बाध्यता अन्त्यको लागि पहल थालिएको बताएका थिए । भने, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले यसअघि कार्यालय स्थापनाको लागि सहमति मात्रै दिएको बताएका थिए ।

तर कैलारी गाउँपालिका पछाडि हटेपछि इलाका प्रशासन कार्यालय स्थापना योजना ओझेलमा पर्ने देखिएको छ ।

सम्बन्धित समाचार

कैलालीका ३ पालिकाद्वारा इलाका प्रशासन माग्दै गृह मन्त्रालयलाई पत्रचार, सुरु भयो विरोध

यो पनि पढौँ