शनिबार, बैशाख ५, २०८३

कैलारीको बालुवा रोयल्टी हिनामिना प्रकरणको अख्तियारद्वारा छानविन सुरु

हसुलिया : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको कैलारी गाउँपालिकाको बालुवाको रोयल्टी रकममा भएको हिनामिना प्रकरणको छानविन सुरु गरेको छ ।

आयोगको कञ्चनपुर कार्यालयले बालुवाको रोयल्टी रकममा भएको बदमासीको छानविनको लागि परेको उजुरीको आधारमा छानविन थालेको हो ।

आयोग कञ्चनपुरका सूचना अधिकारी चेतराज भट्टले सञ्चारमाध्यममा प्रकाशित कैलारी गाउँपालिकाको बालुवाको रोयल्टी रकम सम्बन्धी समाचारका साथै परेको उजुरीको आधारमा छानविन अगाडि बढाएको जानकारी दिए ।

कैलारी गाउँपालिकाको गत आर्थिक वर्ष २०८१/२०८२ मा बालुवाको रोयल्टी रकममा मनलाग्दी हिनामिना गरिएको पाइएको छ । गाउँपालिकाले वडा नं. ९ स्थित घुराहा नदीको गदरिया घाटदेखि माथि सिमराना, कोइलही, सामरचौराका साथै अन्य वडाबाट बालुवा उत्खनन गराउँदै आएको छ ।

जसको लागि गाउँपालिकाले ३ जना अस्थायी कर्मचारी नै नियुक्त गरेको थियो । कोइलही–सामरचौरा घाटमा रोयल्टी संकलनको लागि वडा नं. ९ कोइलही गाउँका स्थानीय लाहुराम चौधरी र गदरिया घाटको लागि गदरिया गाउँकी रञ्जिता रानालाई ज्यालादारीमा अस्थायी नियुक्त गरेको थियो । उनीहरुलाई परिचालनको लागि गाउँपालिकाले गाउँपालिकाको वडा नं. ३ का राजु बराललाई नियुक्त गरेको थियो । बराल नेपाली कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय सदस्य हुन् । बरालसँगै गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका स्वकीय सचिव जितेन्द्र चौधरीले रोयल्टी संकलक कहाँ ठेलीहरु पु¥याउने र संकलित रोयल्टी रकम बुझ्दै आएका थिए । तर घाटमा संकलन गरिएको रोयल्टी रकम न्यून मात्रामा कार्यालयमा दाखिला गरिएको छ । बाँकी ठूलो रकम बिच बाटोबाटै गायब गरिएको छ ।

सम्बन्धित समाचार

कैलारी गाउँपालिकाको रोयल्टीका दर्जनौं ठेलीसहितको रकम अझै गायब

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा चरम बदमासी, फर्जी ठेली बनाएर लाखौं रकम गायब !

यो पनि पढौँ